नेपाली क्रिकेट टोली अभ्यासका लागि आज मलेसिया जादै

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, असार २४, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ – नेपाली क्रिकेट टोली मंगलबार मलेसिया प्रस्थान गर्ने भएका छन् । आइसिसी वर्ल्ड ट्वेन्टी–ट्वेन्टी क्वालिफायर एसिया फाइन्लसको तयारीका लागि नेपाली टोली मलेसिया जान लागेका जगल ।

सो प्रतियोगिता जुलाई २० देखि २९ सम्म सिंगापुरमा हुनेछ । नेपाली टोलीले मलेसियामा अभ्यास गरेर त्यतैबाट सिंगापुर जानेछ । पारस खड्का कप्तानीको नेपाली टोली मंगलबार दिउँसो एक बजे जाने तयारी छ ।

टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बन्सत रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, प्रदीप ऐरी र सन्दीप लामिछाने रहेका छन् । यस्तै दिपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, अविनाश बोहोरा, रोहित कुमार पौडेल र पवन सराफ छन् ।

अभ्यासको क्रममा नेपाली टोलीले अलेसियासँग जुलाई १३ र १४ मा दुई ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।