राष्ट्रपति विद्यादेवी भण्डारी पुगिन् सर्वाेच्च अदालत

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, बैशाख २६, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको रामशाहपथस्थित सर्र्वाेच्च अदालत पुगेर कानून दिवसको अवसरमा आयोजित चियापान कार्यक्रममा सहभागी भएकी छन् ।

बिहीबार रामशाहपथस्थित सर्वाेच्च अदालतको परिसरमा आयोजित चियापान समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वाेच्च अदालतका न्यायाधिश लगायतको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौंलाले न्याय सेवालाई अझै निष्पक्ष, छिटो छरितो, सर्वसुलभ र प्रभावकारी बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले स्वतन्त्र न्यायालयलाई अक्षुण्ण राख्न पनि कानून दिवसले हौसला प्रदान गर्ने गरेको पनि बताए । सर्वाेच्च अदालतले हरेक वर्ष वैशाख २६ गते कानून दिवसको अवसर पारेर चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।