क्रिश्चियन धर्म प्रचारमा सभामुख कृष्णबहादुर महरालाई मुछेपछि …

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, बैशाख १३, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – केही दिनअघि दाङमा क्रिश्चियन धर्म प्रचार गरिरहेको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।

त्यसपछि उनीहरूलाई छुटाउन राजनीतिक नेतृत्वबाट प्रहरीमाथि दबाब दिइएका खबर सार्वजनिक भए ।

कानूनी विपरीत धर्म प्रचार गर्ने व्यक्तिलाई छुटाउन प्रहरीलाई दबाब दिने व्यक्तिमा प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा समेत मुछिएको खुलासा भएको छ ।

महराकै सचिवालयबाट प्रेस विज्ञप्ति जारी गर्दै केही अनलाइन सञ्चारमाध्यमले सभामुख महरालाई घटनामा मुछेको खुलासा गरिएको छ । विज्ञप्तिमा क्रिश्चियन धर्म प्रचार गर्नेलाई छुटाउनमा महराको संलग्नता नभएको दाबी गरिएको छ ।

सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्रिश्चियनलाई छुटाउन सभामुखले कुनै दबाब नदिएको दाबी गरिएको छ । महरा प्रतिनिधिसभा निर्वाचनमा दाङबाटै निर्वाचित भएका हुन् ।

हेर्नुस् यस्तो छ विज्ञप्तिको पूर्णपाठ :-