दशैं मनाउन जाँदा दिउँसै भयो भयानक दुर्घटना, ३ जनाको अवस्था गम्भीर, ७ घाइते

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, अशोज ३१, २०७५

काठमाडौं – देशैभर दशैंको रमाइलो भइरहेका बेला पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिनटारमा सडक दुर्घटना भएको छ ।

राजमार्गमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सुशिलसिंह राठौरका अनुसार घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

बा१घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले पोखराबाट धादिङतर्फ जाने क्रममा कुरिनटारमा रोकेर राखेको ग२च १७५१ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ट्यांकर सडकबाट तल खसेको थियो । भ्यानमा दशैं मनाउन हिँडेका परिवार सवार रहेको प्रहरीले जनाएको छ । उनीहरूको हाल परिचय खुलाइएको छैन ।