अविरल वर्षाले बाढी पहिरो, कुन–कुन ठाउँमा बढी खतरा ?

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, साउन २१, २०७५

काठमाडौं – लगातारको अविरल वर्षाले देशका विभिन्न ठाउँमा बाढी पहिरोको खतरा देखिएको छ ।

गएरातिबाट देशभर अविरल वर्षा भइरहेको छ । आज पनि देशैभर मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शाखाले देशभरका नदीको बहाव बढ्ने भएकोले सतर्क रहन अनुरोध गरेको छ ।

‘देशैभर मध्यम वर्षाको सम्भावना छ र आज प्राय नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानूमान छ । कन्काई, कमला, बागमती लगायतमा बहाब आज दिउँसोसम्म सतर्कता आसपास हुने सम्भावना छ ।

दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनशरी, सिन्धुली जिल्लामा सतर्क रहौं,’ बाढी पूर्वानुमान शाखाले भनेको छ ।