एकै साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्यो यति ठुलो एक्सन, १३ हजार भन्दा बढी कर्मचारीहरु फन्दामा

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ ८, २०७५

काठमाडौं – एकै साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा १३ हजार भन्दा बढी कर्मचारीहरु परेका छन्। आयोगले एकै साथ १३ हजार भन्दा बढी कर्मचारीलाई कारबाही गर्न लागेको छ। आयोगले सम्पती विवरण नबुझाउने १३ हजार ३ सय ९० कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको हो।

 

हरेक सरकारी कर्मचारीले आर्थिक वर्षको ६० दिनभित्र सम्पती विवरण बुझाउनु पर्ने प्रावधान छ। तर, कतिपयले जानी जानी सम्पती विवरण नबुझाउने गरेका छन्। उनीहरुलाई प्रति व्यक्ति ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए।

 

५ हजार जरिवाना तिर्न लगाई सम्पती विवरण बुझाउन लगाउने निर्णय भएको आयोगले जनाएको छ। कारबाहीमा पर्नेमा धेरै जसो शिक्षक छन्। निजामती कर्मचारी र प्रहरीहरुको संख्या पनि ठुलो छ।

 

१३ हजार ३ सय ९० कर्मचारीले सम्पती विवरण नबुझाएको भन्दै उनीहरुलाई कारबाही गर्न राष्ट्रिय सर्तकता केन्द्रले अख्तियारमा नामहरु सिफारिस गरेको थियो। सोहीअनुसार आयोगले कारबाहीको निर्णय गरेको हो। उनीहरुबाट ६ करोड ६९ लाख ५० हजार रुपैयाँ जरिवाना सरकारले असुल्ने छ।