नेकपा अण्डरलाइनभित्र ओलीलाई चुनौती दिदै खडा भयो ठूलो नयाँ समुह, रावल र भुषालले नेतृत्व लिए

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ ५, २०७५

काठमाडौँ- एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको दुई दिन मात्रै भइरहेका बेला नेताहरूको असन्तुष्टिका स्वरहरू बाहिर आउन थालेका छन् ।

 

विशेष गरेर एमालेका दोस्रो तहका नेताहरूले एकीकरणलाई मनभित्रैबाट रुचाएका छैनन् । एमालेका केही नेताहरू पार्टी एकीकरणको कार्यक्रममा नै सहभागी भएनन् ।

 

एमालेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघुवीर महासेठसहितका आधा दर्जन बढी नेताहरूले अलग गुट निर्माण तयारी थालेका छन् । माओवादीसँगको पार्टी एकीकरणका नाममा अध्यक्ष केपी ओलीले आफ्ना विरोधीहरूलाई ठेगान लगाएको आरोप छ ।

 

एमालेका नेता घनश्याम भुसालले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पनि एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण लोकतान्त्रिक प्रक्रिया विरुद्ध रहेको बताए ।

 

‘पार्टी एकीकरण हुन अत्यन्तै राम्रो हो । तर, नौ जनाको हाइकमाण्ड र दुई अध्यक्षले मात्रै गर्ने निर्णयले ठूलो दुर्घटना ल्याउनेछ’, उनले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यता तथा विधि मिचेर एकता गरिएको छ ।’

 

एमालेका नेताहरूले ओली र प्रचण्डको लोकतान्त्रिक अध्यासविरुद्ध आफूहरू एक भएर जाने तयारी थालेका छन् ।

 

एमालेका असन्तुष्ट नेताहरूले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अलग गुट निर्माण गरेर नेतृत्व हत्याउने गरेर संगठन गर्ने सहमति पनि गरेका छन् ।