गणेश लामा पेस्तोल र गोलीसहित पक्राउ

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन ३०, २०७४

काठमाडौं- प्रहरीले गणेश लामालाई पेस्तोलसहित पक्राउ गरेको छ। काठमाडौंको गौशालामा रहेको पशुपति भिजन होटलबाट लामालाई प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरेको हो।
केही समय अगाडि उक्त होटलमा गोली चलेपछि प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीले लामालाई गोली र पेस्तोलसहित पक्राउ गरेर गौशाला प्रहरीमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रवक्ता डिएसपी मोहन थापाले सेतोपाटीलाई जानकारी दिए।