त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । उक्त विमानमा १ सय ५ जना यात्रु सवार रहेका बुझिएको छ ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।