बालकृष्ण ढुंगेललाई भेटेपछि बाबुरामले दिए यस्तो सनसनीपूर्ण प्रतिक्रिया

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, माघ १९, २०७४

काठमाडौँ -पुर्व प्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई माओवादी नेता बालकृष्ण ढुंगेललाई भेट्न डिल्लीबजार पुगे । बिहीबार संयोजक भट्टराई ढुंगेल रहेको डिल्लीबजार केन्द्रिय कारागारमा पुगेका हुन् ।

भट्टराईले जनयुद्धका सहयोद्धा तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई डिल्लिबजार सदर कारागारमा भेट्दा निकै आत्मग्लानीको अनुभूति भएको बताएका छन् ।उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् क्रान्तिलाई अपराध मान्न मन कत्ति तयार भएन।

जनयुद्धरूपी क्रान्तिकारी रूखको फल गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी र समानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रूखका बालकृष्ण ढुंगेलहरू जस्ता हाँगाहरूलाई बालेर आगो ताप्न कसरी सकिन्छ भन्दै प्रश्न गरेका छन् ।

संयोजक भट्टराईले नेता ढुंगेलमाथिको मुद्धा यथासक्य फिर्ता गरी द्वन्द्वकालिन घटनालाई सत्य निरुपन तथा बेपत्ता आयोगबाट टुंगो लगाउनुपर्ने बताएका थिए ।