पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार नेपाल छाड्दै

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ ४, २०७६

काठमाडौं – पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गरेका पूर्वराजा ज्ञानेन्द्र शाह एक महिनाका लागि नेपाल छाड्ने भएका छन् ।

उनी सपरिवार एक महिना थाइल्याण्ड भ्रमणमा जान लागेका छन् ।

पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित केही उनी थाइल्याण्ड जान लागेका हुन् । पूर्व युवरानी हिमानी, भान्छे, सुसारे र केही सहयोगी सहितको टोली थाइल्याण्ड जाँदैछन् ।

निर्मल निवास स्रोतका अनुसार उनी करीब एक महिना बसाईको लागि थाइल्याण्ड जान लागेका हुन् । ज्ञानेन्द्रका साथमा निजी सचिव सागर तिमल्सिना र सुरक्षा गार्ड हुनेछन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

गएको फागुनमा परिवारसहित झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बस्ने ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जान लागेका छन् ।