आज दिनभर ललितपुरमा विद्युत् आपूर्ति बन्द

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ ४, २०७६

ललितपुर – शनिबार दिनभर ललितपुरमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

लगनखेल सातदोबाटो क्षेत्रमा पुरानो विद्युतीय संरचना हटाएर नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले शनिबार बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

पीआईडी फिडर र रेडियो नेपाल फिड अन्तर्गत पर्ने सातदोबाटो इसिमोड, खुमलटार धापाखेल लगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएका हो ।

लगनखेल वितरण केन्द्रले विद्युत आपूर्ति बन्द हुने भएको यसबाट ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी रहेको बताएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

साथै उक्त स्थानमा चाँडै कार्य सम्पन्न भएमा समय हेरफेर हुन सक्ने समेत जानकारी गराएको छ ।