विदेशमा बेचिएका नेपाली युवतीको बेहाल, १६ युवतीको उद्धार

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ३, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – आर्थिक उन्नतिका लागि वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ ।

केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ ।

उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल०को सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए । हालै स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले यो घटनामा अनुसन्धान अघि बढाएको छ ।

अफ्रिकाका विभिन्न देशमा सयौं संख्यामा नेपाली युवतीको तस्करी गरिएको छ । खासगरी केन्या र युगान्डाका डान्सबारबाट विगतमा पनि त्यहाँको प्रहरीले नेपाली युवतीको पटक–पटक उद्धार गरिसकेको छ । गत वर्ष केन्याको नैरोबीबाट २१ युवतीको उद्धार गरिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपालका डान्सबारमै कार्यरत युवतीलाई त्यहाँ मानव तस्करी गरिएको हो । भिजिट भिसामा सुरुमा दुबई लैजाने र त्यहाँबाट अफ्रिकी देशमा पुर्‍याएर बिक्री हुने गरेको छ । दुबई लैजान कतिपय अवस्थामा नेपालकै अध्यागमनमा समेत सेटिङ हुने गरेको छ ।

कतिपयलाई भारत हुँदै लैजाने गरिएको छ । भारतबाट मानव तस्करी रोक्नकै लागि नयाँदिल्ली दूतावासले भारत हुँदै तस्रो देश जान दूतावासबाट नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य चाहिने प्रावधान लागू गरेको छ ।