केपी ओली काठमाडौं ओर्लिंदा जनतालाई दुःख

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

काठमाडौं – प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरेर बुधबार काठमाडौं ओर्लिंदा जनतालाई दुःख भएको छ ।

प्रधानमन्त्री चढेको जहाजका लागि आकाश ठप्प पारिँदा बुधबार साँझ एयर अरेबिया, फ्लाई दुबई, क्याथे ड्रागन, इत्तिहाद र कतार एयरवेजका यात्रुले आकाशमा फन्को लगाइरहनुपरेको थियो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रधानमन्त्री ओली, श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको टोली भियतनाम हुँदै कम्बोडिया भ्रमणमा गएको थियो ।