करोडौंका गाडी गृह मन्त्रालयबाटै गायब !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १, २०७६

काठमाडौं – कडा सुरक्षा निगरानीमा रहने गृह मन्त्रालयबाट करोडौंका गाडी गायब भएका छन् ।

गायब भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन ।

गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर गृहबाटै गायब भएको बा ६ च १० २५ नम्बरको प्राडो जिप भने कहाँ छ, अहिलेसम्म पत्ता लागेको छैन । आजको नागरिक दैनिकमा समाचार छ ।

हराएको उक्त जीपको मूल्य नेपालमा २ करोड २५ लाखदेखि २ करोड ८५ लाख रुपैयाँसम्म छ ।

गृहमा रहँदा सहसचिव कोइरालाले आवश्यकता आधारमा निर्वाचन आयोगबाट मागेको बा६च २८०२ नम्बरको स्कारापियो गाडी सरुवा भएपछि सँगै लगेका थिए ।

गाडी खोजी गर्दा बिना जानकारी सहसचिव कोइरालाले प्रयोग गरेको पाइएपछि गाडी फिर्ता गर्न गृहले पत्राचार गरेको थियो ।