प्रचण्डलाई जेल पठाउने यसरी हुँदैछ तयारी, अन्तर्राष्ट्रिय अदालतबाट फैसला आउने

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, अशोज ७, २०७५

काठमाडौं – सशस्त्र द्वन्द्वको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो अपराधको सजाय भाग्नुपर्ने चर्चा पटक–पटक सुनिन्छन् । फेरि एक पटक त्यस्तै चर्चा चल्न थालेको छ ।

वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तर्रा्ष्ट्रिय अदालत जाने चेतावनी दिएकी छन् ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

छोराको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै ३ वर्षअघि आमरण अनसनकै क्रममा ज्यान गुमाएका पति नन्दप्रसाद अधिकारीको चौंथो स्मृति दिवसको अवसर पारेर शनिबार वीर अस्पतालको मूलगेटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशले आफूलाई न्याय नदिए पनि अन्तर्राष्ट्रिय अदालतले न्याय दिने विश्वास व्यक्त गरिन् ।

द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही गर्न यसबीच ११ वटा सरकारसँग आग्रह गरेपनि आफूहरूलाई न्याय नदिएको गंगामायाले स्मरण गराइन् ।

गंगामाया अधिकारीले आफ्नो छोरालाई माओवादीले र पतिलाई सरकारले मारेको उल्लेख गर्दै ठूला अपराधिलाई अन्तराष्ट्रिय अदालतले समात्ने विश्वास व्यक्त गरिन् । आमरण अनसनका कारण शिथिल बनेकी गंगामायाले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई किन प्रक्राउ गर्न नसकेको भनि सरकारलाई प्रश्न पनि गरिन् ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका छविराज पौडेललाई अदालतले रिहा गर्ने आदेश दिएपछि गंगामायाले नेपालबाट आफूले न्याय पाउने आशा मरेको बताइन् ।

अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परेमा प्रचण्डलाई जेल सजाय पनि हुने सम्भावना रहन्छ । राष्ट्रिय राजनीतिको मूलधारमा रहेका प्रचण्डलाई जेल सजाय हुने गरी विभिन्न विदेशी संघसंस्था समेत सक्रिय रहेको चर्चा सुनिन्छ ।