ओली सरकारको मन्त्रीको यति सम्मको बदमासीः अनुगमन गर्न रोके ठगी तथा कालोबजारी मुद्दाका २६ फाइल

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, बैशाख ९, २०७५

काठमाडौं – बजार अनुगमनका क्रममा तयार पारिएका ठगी तथा कालोबजारी मुद्दाका फाइल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफूसँगै थन्क्याएर राखेपछि थप अनुसन्धान र कारबाहीको प्रक्रिया प्रभावित भएको छ ।

 

ठगी तथा कालोबजारी मुद्दामा मुछिएका शिक्षा, स्वास्थ्य, अटोमोबाइल्स लगायत क्षेत्रका २६ वटा ठूला ब्यवसायिक घरानाका फाइल मन्त्री यादवले झिकाएर राखेपछि थप अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढ्न सकेको छैन ।

 

साविकको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा देखिएका कैफियत बमोजिम थप अनुसन्धान र कारबाहीका लागि तयार पारेका फाइलहरु एक महिना अघि मन्त्री यादबले विभागबाट झिकाएर आफूसँग राखेका छन् ।

 

अटोमोबाइल्स क्षेत्रका ८ वटा, ५ वटा निजी विद्यालय, ६ वटा स्वास्थ्य संस्था, एउटा पेन्टिङ कम्पनी र ६ वटा अन्य क्षेत्रमा ठगी तथा कालोबजारी मुद्दा दायर गर्नका लागि विभागले तयार पारेका फाइल मन्त्री कहाँ पुगेका हुन । (नेपाल समाचार पत्र दैनिक)