यसरी गरियो अवकाश प्राप्त श्रेष्ठलाई विदाई (हेर्नुहोस् ७ तस्बिरमा)

काठमाडौं– अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा विशेष समारोहका बीच विदाई गरिएको छ । श्रेष्ठसँगै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रेम कुमार शाही र प्रकाश ओझालाई समेत विदाई गरिएको छ ।
विशेष समारोहमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले उनीहरुलाई फुलमाला र खादा लगाई बिदाई गरेका हुन् । खनालले उनीहरुलाई संगठनको तर्फबाट मायाको चिनो समेत प्रदान गरेका छन् ।
स–सम्मान विदाई भएका श्रेष्ठले उक्त विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रसेवाको ३० वर्षे अवधिमा संगठनको नेतृत्व तहसम्म आईपुग्दा आफूलाई दायित्व निर्वाहमा सहयोग पु¥याउने पूर्वज तथा वहालवाला सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुप्रति आभार प्रकट गरेका छन् ।
श्रेष्ठले नवनियुक्त आईजीपी खनालको नेतृत्वमा संगठनले आगामी दिनमा थप गति र उचाई हासिल गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको लागि शुभकामना समेत व्यक्त गरे ।
सशस्त्र प्रहरी परिवार महिला संघकी निवर्तमान अध्यक्ष सरिता श्रेष्ठ तथा निवर्तमान उपाध्यक्षद्वय आशा शाही र मुना ओझालाई संघकी नवनियुक्त अध्यक्ष सरिता खनालले फुलमाला तथा खादा ओढाई विदाई गर्नुका साथै मायाको चिनो प्रदान गरिन् ।
हेर्नुहोस् श्रेष्ठको बिदाईको क्रममा देखिएका केही झलकहरुः–
रतोपाटिबाट
मिडिया डबली डबली नेटवर्क्स प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने साझा डबली हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ। तपाई पाठकहरुले दिएको सुझावनै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा पढेर शेयर पनि गरिदिनु हुन आग्रह गर्दछौ।