नयाँ दृष्टिकोण र संकल्पका साथ राप्रपा संयुक्त : किरण गिरी

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

किरण गिरी – गत माघ १८ गते राप्रपा प्रजातान्त्रिक र राप्रपा रास्ट्रबादी बिच एकता भै निर्माण भएको रास्ट्रीय प्रजातान्त्र पार्टी (संयुक्त )ले अब नयाँ दृष्टिकोण र संकल्पका साथ आफुलाइ अगाडि बढाउने निधो गरेको छ ।

एउटा लामो इतिहास र अनुभव बोकेका यो पार्टीका नेता हरुले परिवर्तनलाई आत्मसात गर्दै नेपालको संबिधान २०७२ को निर्माण गर्ने तत्कालीन संबिधान सभामा कृयाशिल चार पार्टी नेपाली काङ्ग्रेस ,ने .क.पा एमाले , ने.क.पा.माओवादी र राप्रपा मध्ये आफुपनी एक राजनीतिक पार्टी भएकोले संबिधान संग सहकार्य गरेर गर्ने प्रतिबद्धता जनाएको छ ।त्यतिबेला राप्रपा संयुक्तका संपुर्ण बार्है जना सभासधरु ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल को संबिधान २०७२ मा पुर्ण समर्थन गर्दै हस्ताक्षर गरेका हुन ।जो अहिले अधिकांस राप्रपा संयुक्तमा छन ।त्यतिबेला राप्रपाले धर्मनिरिपेक्षता बाहेक संबिधानका सबै प्राबधानहरुमा समर्थन जनाएको थियो ।

धर्मनिरिपेक्षता को सबालमा भने राप्रपाले “नेपाल सर्ब धर्म सापेक्ष सनातन हिन्दु रास्ट्र हुनु पर्दछ” भनेर संबिधान सभामा फरक मत दर्ता गराएको थियो । सो असहमति लाई संबिधान सभाको प्रचण्ड बहुमतले अस्विकृत गर्यो ।त्यो बाहेक राप्रपाले नेपालको संबिधान -२०७२ का कुनै प्राबधान हरुमा असहमति दर्ता गरेको छैन ।

यहि पृष्ठभुमि र यथार्थ धरातलमा टेकेर राप्रपा संयुक्तले संबिधान प्रतीको अपनत्व स्वीकार गर्दै बर्तमान संबिधान संग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।यद्यपि उसले पार्टी भित्र र बाहिर सबै पक्ष हरु – नेपाल कम्युनिस्ट पार्टी , नेपाली काङ्ग्रेस ,राजपा ,संघीय समाजबादी नेपाल ,सबै प्रजातिका राप्रपा र राप्रपा संयुक्तका पनि गणतन्त्र पक्षधरहरु समेतलाइ चित्त बुझ्ने सहमति भएमा साझा संस्थाको रुपमा राजसंस्था सहितको प्रजातान्त्रको पैरबी गर्ने अबधारणा अगाडि सारेको छ ।

आफ्ना नयाँ दृष्टिकोण र संकल्पमा राप्रपा संयुक्तले भनेको छ –

“हामी बर्तमान संबिधानको निर्माण गर्ने चार पार्टी मध्ये एक हौ र सबै पक्षलाई चित्त बुझ्ने सहमती र साझा संस्थाको रुपमा राजसंस्था सहितको प्रजातान्त्रको लागि पैरवी गर्ने छौ “।

“नेपालको संबिधान २०७२ मा रहेका केही प्राबधानहरु प्रती हाम्रा असहमतिहरु लाई यथावत कायम राख्दै बर्तमान संबिधानसंग सहकार्य प्रतिबद्धता जनाउछौ ” ।

आफ्नो २० बुधे दृष्टिकोण र संकल्पमा राप्रपा संयुक्तले पार्टीको नीति , कार्यक्रम , सिद्धान्त र अबधारणा अगाडि सारेको छ । धर्म , संस्कृति ,परंपरा ,समाजिक रुपान्तरण लगायतका विषयमा नयाँ अबधारणा अगाडि राप्रपा संयुक्त ले निरंतरता सहितको सकारात्मक परिबर्तनमा जोड दिएको छ ।

समाबेसी रास्ट्रवाद ,असंलग्न र संतुलित परराष्ट्र नितिको सिध्दान्त लाई मुलुकले स्पस्ट रुपमा अगाडि बढाउन पर्ने कुरामा जोडा दिदै राप्रपा संयुक्तले नेपालको पहिचान सर्बधर्म सापेक्ष वैदिक सनातन हिन्दु रास्ट्र हुनुपर्ने प्रस्ताव अगाडि सारेको छ ।

प्रजातान्त्रको नाममा सबै अधिकार प्रधानमन्त्रीकोमा केन्दृत गर्दै अधिनायकवादि केन्द्रीयकरण जाने बर्तमान प्रधानमन्त्री के .पि .ओलीको प्रयास को राप्रपा संयुक्त खुलेर बिरोध गर्दै संबिधान संमत ढंगबाट सबै स्थानीय तहहरु लाई समुचित रुपमा श्रोत र साधन को बितरण गरिनुपर्ने अबधारणा अगाडि सारेको छ ।

शिक्षा ,स्वास्थ ,रोजगारी ,बिकास र समृद्धि ,सुचना प्रबिधि र आधुनिकिकरण बारे पनि राप्रपा संयुक्तले नयाँ अबधारणा अगाडि सार्दै भ्रष्टाचार मुक्त सुशासन ,आधुनिक र समुन्नत नेपाल निर्माणको मार्ग चित्र संप्रेसण गरेको छ ।

हिजोका सबै कमिकमजोरी हरु लाई सच्याउदै राप्रपा संग पार्टी एकता गरेर नेपालमा एउटा भरपर्दो र बिस्वासिलो लोकतान्त्रिक रास्ट्रबादी पार्टी निर्माण गर्ने अभियान लाई राप्रपा संयुक्तले इमान्दारीता पुर्बक अगाडि बढाउने संकल्प गर्दै सातवटै प्रदेशहरुमा राजनीतिक भेला र प्रशिक्षणको काम संपन्न गरेको छ ।

रास्ट्रीयता ,लोकतान्त्र ,उदारबादको मुल सिद्धान्त को आधारमा निरन्तरता सहितको सकारात्मक परिवर्तनका साथ आधुनिक र समृद्ध नेपाल निर्माण गर्न र नेपाल र नेपालीको मुहार फेर्न उच्छ इमान्दारीता , सबल नैतिक चरीत्र र दृढ इच्छा शक्तीका साथ पार्टी संगठनलाई अगाडि बढाउने दृष्टिकोण र संकल्प समेत राप्रपा संयुक्तले गरेको छ ।

लेखक – राप्रपा संयुक्तका केन्द्रीय कार्य सम्पादन समिति सदस्य हुन ।