नेबिसंघ माथि गुटको राजनिति कहिले सम्म नेता ज्यू ?

कर्ण अधिकारी प्रकाशित : सोमवार, फाल्गुन १३, २०७५

मकाउ- नेपाल बिद्यार्थी संघको चुनाव २ महिना अगाडी नै तय भई सम्पन्न हुनु पर्नेमा न त चुनाव नै गर्न सके न त बिबाद रहित बनाउन सके केवल यी नेतृत्वमा रहेकाहरूले आ-आफ्नै स्वार्थ पुर्तिका लागि आ-आफ्नै प्यानलका बिद्यार्थी भाई बहिनीहरूलाई बलीका बोका बनाई एक आपसमा पार्टी कार्यालयकै गेटमा भिडन्तको माहौल सृजना गराई दिए।

बर्तमान अबस्थामा काँग्रेसको नेतृत्व सम्हाली रहेका नेताहरूको सिमित स्वार्थका कारण यी कलिला मन मस्तिष्क भएका भाई बहिनीहरूको दिमागमा गुट बन्दीको बिष घोलि दिएर पार्टी र भातृ संस्थालाई नै बिशालु बनाई दिए।जुन बिष पिएर आजकल भाई बहिनीहरू आफ्नाले आफ्नालाई नै चिन्न नसक्ने अबस्थामा छ। पूर्व अध्यक्ष नैन सिंह महरले राजिनामा दिए संगै नेबिसंघको कार्य समिति बिघटन भई सकेको छ। सायद नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएर नै होला यति धेरै बिकृति बिसंगति पार्टी भित्र हाबी भएको।काँग्रेस भित्र एकले अर्काको कुरा सुन्ने पक्षमा छैनन् । जसलाई जे मन लाग्यो त्यहि बोली रहेका छन त्यहि गरी रहेका छन्। यस्तो वातावरण काँग्रेस भित्र सृजीत हुनु भनेको दुर्भाग्य पूर्ण कुरा हो।

नेपाली काँग्रेसको प्राय जसो सबै भातृ संस्थाहरूमा किचलो भई रहेकै छ। चाहे प्रवासको जनसम्पर्क समिति होस चाहे स्वदेशमा रहेको तरूण दल र ने बि संघ नै किन नहोस।सबैले आफ्ना मातहातका कार्यकर्तालाई जिम्मेवारी दिन चाहन्छन जसको परीणाम हिजो सानेपामा दुई समुह बीच कुरा नमिलेर कुटाकुट भए जस्तै हो।

यहाँ पार्टीको उपल्लो तहमा रहेकाहरूको दादागिरी चलि रहन्छ सधै भरी हेपिने र चेपिने भनेको चाँहि निष्टावान र सोझा कार्यकर्ता हुन्।न त तिनीरूले पार्टीको भातृ संस्थाको जिम्मेवारी पाउछन न त सम्मान नै ।

काँग्रेस यति धेरै पुरानो पार्टी जसको सुनौलो पानामा लेखिएको इतिहास छ तर आजकल नेताहरूको दुष्ट बिचारका कारण पार्टीलाई भडखारोमा हाल्ने काम हुँदैछ।देश कम्युनिष्टमयी छ।देशमा नेकपाको २ तिहाईको सरकार छ।

उनीहरू जे चाहन्छन त्यो पुरा गरी छाड्छन तर काँग्रेस संसदको दरो प्रति पक्षी भएर राम्रो कामलाई समर्थन र नराम्रो कामको बिरोधमा रहेर आफ्नो छबिलाई धमिल्याउन नदिनु पर्नेमा आज आफ्नै पार्टीको भातृ संस्थाको साना तिना कुरामा अल्झिएर रडाको मच्चाई रहेको छ। अहिले संसदमा दरो प्रतिपक्षको भूमिका त भिम रावल, माधव नेपाल र झलनाथ खनालले गरी रहेका छन्। काँग्रेसबाट संसदमा बोलेर नेकपालाई पेल्न खोज्ने गगन थापा बाहेक अरू कोही देखिदैन।

भोलीको सुनौलो भबिष्यको परीकल्पना गर्दै दुर दराजबाट सुगममा आएर अध्ययन गर्ने भाई बहिनीहरूलाई अध्ययन भन्दा पनि राजनिति प्यारो भएको छ।पहिला आफ्नो जीवनको सबै भन्दा महत्व पूर्ण कुरा अध्ययन गर्नु पर्नेमा पार्टीको झण्डा बोकेर राजनितिमा लीन हुनेले आफ्नो भबिष्यलाई उज्यालो बनाउने वा अध्यारो त्यो उहाँहरूकै हातमा छ।

बिभिन्न पार्टीको भातृ संगठनहरू कलेजमा स्थापना हुनु वा गर्नुको उदेश्य राजनिति मात्र नभएर बिद्यार्थीको हक हित साथै अध्ययनका लागि सहयोग गर्ने गराउने नै हो तर यो कुरा बिद्यार्थीहरूले कहिले बुझेनन्। आफ्ना पार्टीका नेताहरूको पछाडी लाग्ने र ती नेताहरूकै आडमा राजनितिमा रमाउनेहरूले न त बिद्यार्थीको भविष्य सोच्छन न त पार्टीको नै ।

यस्ता ब्यक्तिहरू त केवल आफ्नो स्वार्थ र अबसरका लागि नेताको वरी परी रूमली रहन्छन्।नेबि संघ बिगत देखि बर्तमान सम्म आई पुग्दा कहिले पनि बिबाद रहित बनेर नेतृत्व चयन हुन सकेन।कहिले पुरानो संस्थापन त कहिले नयाँ संस्थापन पक्ष भन्दै बिद्यार्थी नेताहरूलाई घुमाई रहे ।

गिरीजा बाबुको पाला देखि नै हो अझै ने बि संघ बिबाद तानिएको।आफ्ना मन परेकालाई सक्षम नै नभए पनि टिका लगाएर दिने प्रचलनले पनि न त भातृ संस्था बलियो रह्यो न त गहन भूमिका नै निर्बाह गर्न सक्यो।जसको परीणाम माउ पार्टीलाई सहयोग र सदभाब कतैबाट पनि मिलेन।बर्षको ३६४ दिन काँग्रेस बन्ने र गुटकै पछि लाग्नाले चुनावको दिनमा काँग्रेसका उमेदवारलाई भोट नदिई अन्यत्र भोट दिनेहरूको जमातको लेखा जोखा नै छैन।

बर्तमान अबस्था नेबि संघ भित्र उमेरको हदबन्दी लगाउने बिषयमा पनि सहमति जुट्न सकेको छैन।कोही भन्छ ३२ बर्ष भन्दा मुनीकाले मात्र उमेदवार बन्न पाउने छन त कोही भन्छन ३२ बर्ष भन्दा माथिले पाउनु पर्छ भनेर खैर जे जस्तो भए पनि उमेर बढ्दै गए पछि त तरूण तिर लम्कनुनी उमेर ४० काट्न लागि सक्यो अझै नेबिसंघ अध्यक्ष बन्छु भन्छ।

आखिर अलिकति लाज पनि लाग्नु पर्ने होईन र ? काँग्रेसका हस्तिहरू देउवा,पौडेल , कोईराला , सिंह र सिटौला के भएका हुन ! सानेपा पार्टी कार्यालयको भित्र बसेर बाहिर बिद्यार्थी भाई बहिनी लडाउन लाज लाग्दैन ?

अनि प्रकाश शरण महत बिमलेन्द्र निधि के भा का हुन्।एउटा बिद्यार्थीको मागलाई त निष्ठावान भएर पुरा गर्न नसक्नेहरूले काँग्रेसलाई राम्रो गर्ला भनेर भन्ने र सोच्ने ठाउँ नै रहेन । काँग्रेसलाई अन्धकारमा धकेल्ने यी नेताहरू नै हुन।

यस्ता नेताहरूलाई कार्यकर्ताले नसम्झाउने हो भने बर्तमान अबस्था नेकपा भित्रको अबस्थालाई हेरेर नेकपाका नेतृ राम कुमारी झाक्रीले मिडियामा रूवाबासी गरे झै रूने दिन आउन सक्छ तसर्थ नेतृत्वमा रहेकाहरूले एक आपसमा कार्यकर्ता भिडाएर मज्जा लिनुको साट्टोमा तिनीहरू प्रशिक्षण दिएर २१ औं सताब्दिको बिपीको समाजबादको चित्र कोर्न लगाए कति राम्रो हुन्थ्यो। नेबिसंघ भित्र हस्तक्षेप गर्न आजैबाट छोडौ।

जय नेपाल।