ओली सरकारलाई अर्जुन खड्काको काउन्टर प्रश्न : मनमोहक ठाउमा घुम्ने र मस्ती गर्दै जनतालाइ हावा सपना बाड्ने ?

अर्जुन के खड्का प्रकाशित : आइतवार, बैशाख २, २०७५

काठमाडौँ- यो सालको नया बर्स रारामा अर्को साल श्रीअन्तु डाडा मा होस प्रधानमन्त्री ज्यु,कुर्सि नपाउन्जेल खुब बुर्कुसी मारे पनि अहिले खाली डेटिङ जाने र गफ हान्ने काम सिवाय केही भएन, २ महिना भो कुर्सिमा उपर्खुट्टी लगाएको काम सिन्को भाचिएको छैन।

 

अनावस्यक भ्रमण र मोजमस्तीमा खर्छ वृद्धि अनि यस्तै चालले होला त समृद्धि ? रारामा पुगेर आकाशको तारा झार्दिन्छु भन्ने ओलि साचिकै भावुक रहेछन,१८ पन्नाको भुडिपुराण पढेर सुनाउदा झन्डै आफै रोएनछन। बिचारा जनता स्वर्ग बाट वायु यानमा इन्द्र सवारी भए झै अब सबै थोक पुर्ण हुने आशमा नतमस्तक बने। भ्रस्टाचार लाई निर्मम तरिकाले सम्बोधन गर्ने रे, महालेखा परिक्षण ले नेपाल बिस्वकै भ्रस्टाचार गर्न योग्य स्वर्ग भुमी प्रमाणित गरिसकेको छ।

 

देशका प्रमुख अंग कार्यपालिका,ब्यावस्थापिका र न्यायपालिका नै चरम भ्रस्टाचारको जन्जिरमा फसेका छन, जग्गा खरिद प्रकरण मा डेड अर्ब भ्रष्टाचार गरेको प्रमाण पेश हुदा समेत गोपाल खड्कालाइ छड्के नजर समेत हेर्न नसक्ने हावा सरकार ले भ्रस्टाचार मुक्त बनाउला भन्नू हास्यास्पद जस्तो लाग्छ।

 

पहुच बेगरका तल्लो तहका मुखिया खरिदार ले १/२ हजारका भ्रस्टाचार गर्छन अनि पक्राउ पर्छन ,ठुला माछा लाई कस्को हिम्मत छुने ? सरकरनै मतियार छ भ्रस्टाचारको अनि गफ मात्रै छाटेर होला त ? कर्णालिमा सिटामोल खान नपाएर, सुत्केरी हुन नसकेर,स्कुल पढ्न नपाएर ,राम्रो नाना र मीठो खाना त परै जाओस दुइछाक पेट भरी खान नपाएर सालन्ने मान्छे मरिरहेका छन, तुइन मुक्त बनाउने भनेर प्रमले ३ साल अगाडि बोलेको कुरा अझै पूरा हुन सकेको छैन ,कुरा रेल र पानीजहाज को छ वर्षा याम आउन लाग्यो बाटो र पुल स्थरिय छैनन, त्यस्का लागि अहिलेसम्म कुनै पुर्वाधार तयार भएका छन ?

 

गफ हानेर हिड्ने भनेको त चुनाव आगाडी मात्रै हो अब काम गरेर देखाउने कि भुँडी पुराण पड्दै सुनाउने ? पानी मन्त्री खाडिमा पानी बेच्ने, उर्जा मन्त्री चाइना र बङालादेशमा बिजुली बेच्ने, सामान्य प्रशासन मन्त्री थाङ्ने कर्मचारी लाई हेरेर बर्बराउने, प्रम पानीजहाज र चुच्चे रेल कुदाइहाल्ने, तर समृद्धिका लागि चाहिने न्युनतम आवस्यकता के हुन ? सपना देख्नु राम्रो हो तर सुरुवात काहा बाट गर्ने भन्ने बेसिक लेबलनै अलमलमा छ,सपना मात्रै बाढ्ने भन्दा यो सरकारको अरु केही काम देखिएन। जनताका न्युनतम आवस्यकता लाई सम्बोधन गर्ने पहिलो स्टेप के छ ?

 

आज सम्म कुनै किसिमको रास्ट्रय बिकास लागि स्पट नीति नियमनै बनेका छैनन, जिम्मेवार मन्त्रालय सम्हालेर बसेका मन्त्री हरुले जनतालाइ सधै थाङ्नामा सुताउने काम मात्रै भयो। समृद्धि त सबैलाइ चाहिएकै हो, नेपाली हुन सबैलाइ नै मन छ तर काहा बाट सुरु गर्ने,प्रस्तान बिन्दु कुन हो? खाली धमिलो पानी मा माछा मार्ने अनि जनता अल्मल्याउने काम सिवाय केही भएन। देश समाजबाद तिर हैन मोदिबाद तिर उन्मुख भैरहेको छ। सप्तकोसी हाइड्याम को लागि पहिले देखि कै भारत को आशय हो ,यस्ले हजारौ घर बिस्थापित हुन्छन यस्को तयारी केहिछैन, त्याहा ड्याम नलगाइ पानीजहाज तैरिदैन, यस्ले फाइदा नेपाल भन्दा भारतलाइ नै हुनेछ।

 

सगरमाथा बाट सागार जोड्नु, रारा बाट १८ पन्ने समृद्धि को कागज पढ्नु जति सजिलो छ ,त्यति सहज छैन। प्रबासी नेपाली कामदार लाई स्वदेशमै फर्किन आवहान गर्ने ओलि सरकार ले अझै श्रम सम्झौता गर्दैछ , गफ ले पेट भरिदैन , उधम बेगर रोजगारी पाइन्न , उत्पादन मुखी बिकास नीति ओझेलमा छ अनि स्वदेशमै रोजगार सृजना गर्ने कुरा हास्यास्पद हैन र ? त्यसैले यो सरकार पनि जम्बो भेडिगोठ लिएर मनमोहक ठाउमा घुने र मस्ती गर्दै जनतालाइ हावा सपना बाढ्ने सिवाए अरु उपलब्धि केही हुनेवाला छैन।

जयहोस!!! जयनेपाल