हैट ! यस्तो पनि सम्भोग ?

कृष्ण न्यौपाने प्रकाशित : शुक्रबार, फाल्गुन २५, २०७४

काठमाडौं- एउटा होटलको प्राङ्गणमा केही प्रेमिल जस्ता देखिने जोडीहरु मदिराको बेहोसीमा अर्धचेत हुँदै नाचिरहेका छन् । कहिले यता लडछन् कहिले उता लडछन् ।

सम्हालिदै उठ्छन् । अनि अंगालोमा बेरिन पुग्छन । बल्लबल्ल सम्हालिदै होटलको कोठासम्म पुग्छन् तिनीहरु । अर्धचेत हुँदै सम्भोगको क्रियासम्म पुग्छ उनीहरुको क्रियाकलाप । रात छिप्पिन्छ । उनीहरुलाई बेहोसीमै बिहान भएको पत्तो हुन्न । बिहान उठ्दा ती जोडीहरु रनभुल्लमा पर्छन् । रातमा सम्भोग भयो कि भएन भनेर ।

माथि परमधाममा विभिन्न धर्मका देवताहरुको बैठक बसिरहेको हुन्छ । युवा जोडीहरुको यस्ता हर्कत देखेर केही देवताहरु लाजले मुसुमुसु हाँस्छन् । यस्तो पनि सम्भोग हुन्छ भन्दै देवताहरुको हाँसो चारैतिर फैलिन्छ ।
हाँसोमा नसम्हालिँदै उनीहरुको ध्यान एउटा औषधी पसलमा पुग्छ । त्यहाँ एक जना युवा आफ्नो यौन शक्ति कमजोर भयो भन्दै ओखती किन्न पुग्छन् । त्यही ठाउँमा केही युवतीहरु पनि साइज घटाउनुप¥यो भन्दै भित्र छिर्छन् । देवताहरु ट्वां ।

देवताहरु एकछिन शान्त हुन्छन् । अनि केही निराश हुँदै यताउती फर्किन्छन् । नशामा फसेका युवायुवतीहरुको बढ्दै गएको अनियन्त्रित यौन चाहनाले उनीहरु गलत दिशामा लागिरहेको प्रष्ट देखिन्थ्यो ।
श्रीमान श्रीमतीबीच पनि विश्वास थिएन ।

सम्भोगको अनियन्त्रित उत्कण्ठालाई शान्त पार्नको लागि बजार बजार भौतारिँदै गर्दा पनि उनीहरुले वास्तविक सम्भोगको आनन्द प्राप्त गर्न सकेका थिएनन् ।
प्राप्त गर्न सकुन् पनि कसरी ? एकअर्काप्रति विश्वास नै थिएन । उनीहरुले एक अर्काको लागि सम्भोगको लागि मात्र प्रयोग गरिरहेका थिए ।

यही अनियन्त्रित सम्भोगको इच्छा अनि नशामा फसेको समाजमा हत्या हिंसा, आतंक, पीर, चिन्ता, तनावले मात्र नभएर बलात्कार, चोरीजस्ता क्रियाकलापले समाजलाई आतंकित बनाइरहेको थियो । नत उनीहरुलाई औषधीले आनन्द दिएको थियो न त लामो छोटो मोटो पातलोले ।

एकातिर तनाव, पीर, चिन्ता, असन्तुष्टी, नशामा अर्धचेत भएर गरेको सम्भोग, मांसाहारी जीवन अनि चरित्रहीन मानसिकताको कारण जन्मिने बच्चामा पनि त्यस्तै गुण सरेको देख्दा देवताहरु पनि दुःखी भए ।
बच्चा ठूलो भएपछि त्यस्तै बाउआमा जस्तै फरक स्वाद लिनुपर्ने, तनाव, चिन्ता, विद्रोह, रीस, हत्या यस्तैयस्तै समस्याले ऊ पीडित बन्थ्यो । मानिसले आफनै सन्तानको भविश्य नर्कमा पु¥याएको देख्दा देवलोकमा देवताहरु खुट्टा बजार्न थाले ।

यी मात्र होइन । धर्मलाई मागी खाने भाँडो । पैसा कमाउने साधन आदि कारणले गर्दा धर्म गुरुहरु प्रति देवताहरुको रीस थामिनसक्नु थियो । एउटै धर्मभित्र दुई हजार बढि सम्प्रदाय खडा गरेर मानिसहरुलाई मुर्ख बनाउने धर्मभिरुलाई सही बाटोमा ल्याउन मुस्किल थियो ।
मन त थियो उम्लिरहेको तातो तेलको कराईमा उसिन्न तर देवताहरुको पनि नियम थियो । उनीहरु हेरेर बस्न मात्र विवश भए ।

मानिसको ब्यवहार देखेर उनीहरु दिक्क थिए । एकैछिन बाघको बथानतिर उनीहरुको आँखा गयो । उनीहरुले आफ्ना प्रजातीहरुलाई माया गरिरहेका थिए । मिलेर बसेका थिए ।
तर मानिसहरु आफ्नै प्रजातीहरुको बिनाश गरिरहेका देख्दा देवताहरुको आँखाबाट आँसु बगिरहेको थियो ।
उतिबेला बालविवाह हुन्थ्यो । देवताहरु दिक्क बन्थे । अहिले पृथ्वीलोकतिर कक्षा ५ मा पढदै गर्दा १० बर्षकै उमेरमा  केटाकेटी भागेर बिहे गर्छन् ।
सञ्चार माध्यममा प्रकाशन प्रशारण हुने विभिन्न सामाग्रीले बालबच्चाहरुको दिमागले कामै नगर्ने भैसकेको थियो ।

सबैतिर हुने गलत कामले देवताहरु दिक्क भएका थिए । एकैछिन मःमको पसलतिर देवताहरुको ध्यान मोडियो ।
बाटोमा मरेको कुकुर लगेर किमा बनाएर खसीको मासु भन्दै बेचिरहेका थिए पसलेहरु । त्यहि पनि मानिसहरु मःम खाँदै थिए मिठो मानेर । केहि दिनपछि पेटको समस्याले अस्पतालमा बसेका महामानवहरुलाई देख्दा देवताहरु झनै खित्का छोडेर हाँस्न थाले ।

फर्निचरतिर अग्राखको काठ भन्दै कागजलाई प्रशोधन गदै बेच्ने ब्यापारीहरुलाई कारवाही गर्ने मन हुँदाहुँदै पनि देवताहरु चुपचाप बस्न बाध्य थिए ।

विश्वमा जताततै समस्याहरु थिए ।  हत्या, हिंसा, बलात्कार, डिभोर्स, सबैको मुख्य कारण नशा, जाँड, रक्सी, चुरोट, विँडी, ड्रग्स जस्ता लागुपदार्थको सेवन, मांसाहारी मानिसहरु अनि चरित्रहीन विचार मुख्य थिए ।
यही कारण मानिसहरु परमसत्तासंग एकाकार गर्न सकिरहेका थिएनन् । उनीहरुको सोचाई विषाक्त बनिरहेको थियो ।

समाजलाई नशा खुवाउन सरकारनै लागिरहेको थियो । १०–१२ बर्षका बच्चाहरु धुमपान तथा मध्यपानमा लिप्त हुँदा पनि यसलाई नियन्त्रण गर्न सकिएको थिएन ।
यसैलाई नियन्त्रण गर्न करोडौैँ रकम भष्टाचार भैरहेको देख्दा देवताहरु रीसले चुर भए । तातो तेलमा उधोमुन्टो लगाउने इच्छा हुँदाहुँदै पनि चुपचाप बस्न बाध्य भए । जुन समाजमा न त भष्टाचार हुन्छ । न त चोरी तथा हत्या ।

अन्त्यमा, परमसत्ताले एउटा प्रस्ताव राखे । एउटा युगचेतनावान ऋषिलाई पृथ्वीमा आफ्नो चेतना अंशको रुपमा पठाउने ।
यस्तो युगचेतनावान ऋषिको  जन्म भैसकेको परमसत्ताले जानकारी गराए । उनको उदेश्य नै सत्य धर्मको स्थापना, नशामुक्त समाज, मांसाहार मुक्त समाज, तथा चरित्रवान समाजको निर्माण गर्दै भय, भोक र भ्रष्टाचारमुक्त विश्व निर्माण गर्ने । तथा यस्तै चेतनावान, प्रकृतिसत्तासंग एकाकार गर्न सक्ने समाज निर्माण गर्ने !!