केपी ओलीसँग खटपट भएपछि प्रचण्डले गरे कांग्रेससँग मिल्ने घोषणा

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, असार १०, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार चितवनमा आयोजित कार्यक्रममा पार्टी एकीकरण हुँदा भएका समझदारी कार्यान्वयन नभए दुर्भाग्य हुने अभिव्यक्ति दिए ।

एकीकरणका क्रममा भएका सहमति कार्यान्वयन हुने अवस्था नभएर अर्का अध्यक्ष केपी शर्मा ओलीसँग खटपट भएपछि प्रचण्डले मंगलबार कांग्रेससँग मिल्ने कुरा गरेका छन् ।

देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल कांग्रेससँग मिलेर जानुपर्ने बताए ।

भरतपुर महानगरपालिकाको चौथो नगर सभाको उद्घाटनमा उनले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा कांग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

‘हामीले नचाहेपनि शान्ति प्रक्रियाका काम पूरा गर्न प्रतिपक्षसँग मिल्नैपर्छ,’ अध्यक्ष दाहालले भने, ‘प्रधानमन्त्री केपी ओली, शेरबहादुरजी र मबीच लगातार छलफल भइरहेको छ । हामी एक्लै हिँड्न सक्ने अवस्थामा छैनौं, शान्ति प्रक्रिया मिलेर गर्‍यौं, संविधान मिलेर ल्यायौं, हामी एउटै डुंगामा यसरी चढेका छौं कि त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनु हो ।’