ओलि सरकारको करारमा कर्मचारी भर्ना गर्ने नियत प्रष्ट भयो: शाह

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ २९, २०७६

http://www.nepatop.com.np/

काठमाडौं जेष्ठ २९  –  नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले सरकारले समावेशिकरनका समुदाय र गैर समावेसीकरनका समुदाय बिच द्वन्द गराएर करारमा कर्मचारी भर्ना गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार राजधानीको माइतीघर मन्डलामा लोकसेवा आयोग तयारी विद्यार्थीहरुको संघर्ष समितिले गरेको आन्दोलनमा एक्यवद्धता जनाउदै पुर्व उपाध्यक्ष शाहले सरकारले देशमा द्वन्द चाहेको भन्दै त्यो कदमलाई कांग्रेसले नमान्ने र त्यस्का बिरुद्ध आन्दोलन गर्ने बताए।

उनले लोकसेवाको बिज्ञापनलाई रद्द नगरेर अहिले खोलिएको बिज्ञापनलाई समावेशिकरन युक्त बनाई परिक्षा प्रक्रियामा लैजान माग पनि गरे। उनले अहिलेको सरकारले यो बिज्ञापनलाई रद्द गरेर करारमा आफ्ना कार्यकर्तालाई भर्ती गर्न खोजेको पनि जिकिर गरे।

करारको बाटोमा सरकार गए सरकारलाई नेपाली जनता सामु घुडा टेक्न बाध्य बनाउने चेतावनी समेत दिए। शाहले सामाबेसी को जन्मदाता कांग्रेस भएको र त्यसको सुरुवात बिपि कोइरालाको मन्त्री मन्डल बाट भएको पनि उल्लेख गरे।