नेकपा र राजपाबाट महिला हस्तीहरुनै कांग्रेसमा प्रवेश

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ २९, २०७६

http://www.nepatop.com.np/

सिमरा – सिमरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी राजपा नेपालबाट महिला हस्तीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस जितपुर सिमरा उपमहानगरपालिका ‘वडा न ७ जितपुर’ बाराद्वारा मंगलबार सोही वडामा आयोजित विशेष कार्यक्रममा नेकपा (तत्कालीन एमाले) बाट शीतल आचार्य, नेकपा (तत्कालीन माओवादी केन्द्र)  बाट नीलम शाह र राजपाबाट रन्जना झा गरी ३ जना महिला हस्तीहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।

उनीहरुलाई नेपाली काँग्रैसका नेता शोभाकर पराजुलीसहितका नेताहरुले अबिर,फूल र खादा लगाइ पार्टीमा स्वागत गरेका छन् ।