गगन थापा पुगेपछि प्युठान नेकपाभित्र विद्रोह ! ६४५ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ २९, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीका कामकारवाहीप्रति असन्तुष्टि जनाउँदै प्युठान जिल्लामा नेपाल कम्युनिस्ट पार्टीभित्र विद्रोह भएको छ ।

असन्तुष्ट नेता कार्यकर्ताले विद्रोह गर्दै कांग्रेसमा प्रवेश गरेका छन् । प्युठान नेकपा र जनमोर्चाका विभिन्न तहका ६ सय ४५ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

प्युठानको बिजुवारमा नेकपा र जनमोर्चा परित्याग गरी कांग्रेस प्रवेश गर्नेलाई कांग्रेस नेता डा. शेखर कोइराला र युवा नेता गगन थापाले टिका लगाएर पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश गराउने कार्यक्रममा प्युठान कांग्रेसका सभापति अमर भण्डारी, पूर्व सभापतिहरू कृष्णप्रपन्न सुवेदी र सुवास केसी, प्रदेससभा सदस्य डिल्ली चौधरी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. गोबिन्दराज पोखरेल, डा. स्वर्णिम वाग्ले, केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य राजु नेपाल लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसले देशभर सञ्चालन गरेको जागरण अभियान प्रभावकारी बन्दै गएपछि कांग्रेस प्रवेश गर्नेहरूको लहर नै चलेको छ ।