देउवा, शर्मा र बस्नेतले गरे कमाल, नेकपा नेता कार्यकर्ता ७०० भन्दा बढी कांग्रेसमा प्रबेश !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, जेष्ठ २७, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस सभापति एवंम् पतिपक्षी दलका नेता शेरबहादुर देउवाले गोरखा नगरपालिकाको दोस्रो नगर सम्मेलनको उदघाट्न आइतबार उद्घाटन गरेका छन् । देउवाले नेकपा र नयाँ शक्तिबाट करिब ७०० भन्दा बढी संख्यामा कॉंग्रेसमा प्रबेश गराएका छन् ।

मुस्लिम समुदायले आयोजना गरेको इद मिलन कार्यक्रममा सहभागी हुन् पुगेका देउवाले नेकपा र नयाँ शक्तिबाट करिब ७०० भन्दा बढी कांग्रेसमा प्रबेश गराएका हुन् ।

देश भित्र सबै धर्मालम्बीहरु सम भावले अडेकोले देशमा शान्ति भएको देउवाले बताए । कांग्रेस प्रबेश गर्नेमा नेकपाका मुस्लिम संघका जिल्ला अध्क्षय समेतलाई कॉंग्रेसमा प्रबेश गराएका छन् । स्थानिय निर्बचनमा उमेदवार भएका नेकपा र नयाँ शक्तिका नेता कॉंग्रेसमा प्रबेश गरेका हुन् ।

देउवाले भने, धर्म मान्ने र नमान्नेभन्दा पनि यो पर्यटनका हिसाबले समेत राम्रो सम्भावना बोकेको ठाउँ पनि हो, यसलाई लामो समयसम्म अलपत्र पारेर राख्नु हुदैन ।

गोरखा सदरमुकामको रानी पोखरी परिषरमा भएको उदघाट्न कार्यक्रम पुर्व भेलामा सहभागी हुन आएका काँग्रेस कार्यकताहरुले नगर क्षेत्रको विभिन्न स्थानमा बाजागाजा सहित भब्य र्याली समेत गरेको थियो ।

कार्यक्रममा सहभागी हुन् नेपालि कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्मा, तरुण दल अध्यक्ष जित जंग बस्नेत लगायतका नेताहरुको सहभागी भएको थियो ।