यहाँ पनि चकनाचुर भयो कम्युनिस्ट सरकारको घमण्ड, कांग्रेसले गर्यो कमाल !

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ २६, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वमा रविन्द्र खड्का नेतृत्वको समूह विजयी भएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न १७औँ साधारण सभाले खड्का नेतृत्वको समूहलाई अत्याधिक मतसहित विजयी बनाएको हो । अध्यक्ष पदमा सरिता लामिछानेले उम्मेदवारी दिएकी थिइन् । लामिछानेको समूह पराजित भएको छ ।

अध्यक्षमा खड्काले लामिछानेलाई ५७ मतले पराजित गरेका हुन् । अध्यक्षमा खड्काले २१८ मत पएका थिए । लामिछानेले १६१ मतमा चित्त बुझाइन् । दुई उपाध्यक्षमा रेजिना उप्रेती र सानुकुमार ताम्राकार विजयी भएका छन् । उप्रेतीले २४३ र ताम्राकारले १५७ मत ल्याएर विजयी भए ।

उपाध्यक्षका प्रत्यासी मनोज केसीले १४२ र विनोद भट्टराईले ९६ मत पाएका थिए । केसी र भट्टराईलाई उपाध्यक्षमा पराजित भएका छन्। महासचिवमा चेतबहादुर सिंह ‘राजा’ १ सय ८७ मतसहित निर्वाचित भएका छन् । सिंहका प्रतिद्वन्द्वी सञ्जय खतिवडाले १ सय ५६ मत ल्याएर पराजित भएका छन् ।

सचिवमा पनाह अधिकारी १ सय ९४ मतसहित विजयी भएकी छिन् । अधिकारीकी प्रतिद्वन्द्वी कविता गेलाल शर्मा १ सय ६९ मतसहित पराजित भएकी छिन् ।

सह–कोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएकी छिन् । आचार्यले २ सय २० मतसहित विजयी हासिल गरेकी छिन् । आचार्यकी प्रतिद्वन्द्वी डिबी बम्जनले जम्मा १ सय ३३ मत पाए ।

कोषाध्यक्ष पदमा सुनिल कटुवाल यसअघि नै निर्विरोध चयन भइसकेका छन् । पदाधिकारीतर्फ उपाध्यक्षमा निर्वाचित सानुकुमार ताम्राकार बाहेक सबै अध्यक्ष खड्का प्यानलका विजयी भएका छन् ।

१० जना निर्वाचित सदस्यतर्फ शीतल केसीले सर्वाधिक मत ल्याएर विजयी भएका छन् । अन्य ९ सदस्यतर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए ।

अध्यक्षमा विजयी भएका खड्कालाई वरिष्ठ कलाकार र नेपाली कांग्रेस निकटका कलाकारहरूको समर्थन रहेको थियो । अध्यक्षमा पराजित लामिछानेलाई राप्रपा ९संयुक्त०की केन्द्रीय सदस्य रेखा थापा, कांग्रेसको विद्रोही कलाकारको नेतृत्व गर्दै आएका राजकुमार राईको समर्थन थियो ।

खड्का समूहलाई विजयी बनाउन नेपाली कांग्रेस निकटको नेपाल सांकृतिक संघका अध्यक्ष तीर्थ थापा सक्रिय भएका थिए । विजयी भएका केही कलाकार कांग्रेसमा भन्दा फरक विचार राख्ने पनि छन्र ।