केपी ओलीले कांग्रेस सभापति देउवासँग के गरे बालुवाटारमा सहमति ?

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ २२, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएर सहमति गरेको सार्वजनिक भएको छ ।

सभापति देउवासहित शीर्ष नेताबीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा छिट्टै पदाधिकारी नियुक्त गर्न सहमत भएको छ ।

बुधबार प्रधानमन्त्री ओली, विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । बैठकमा विधेयकबारे छलफल गरिरहेका नेताहरू पनि सहभागी थिए ।

दुवै दलका शीर्ष नेताहरू दुवै आयोगमा छिट्टै पदाधिकारी नियुक्त गर्न सहमत भएका छन् । ‘सिफारिस समितिको पनि म्याद सकिँदैछ,’ कांग्रेस नेता मिनेन्द्र रिजालले भने, ‘चाँडै दुवै आयोगमा पदाधिकारी नियुक्त गरेर द्वन्द्वकालीन मुद्दाहरूलाई टुंग्याउन नेताहरू सहमत हुनुभएको छ ।’

सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको छ । बैठकमा ऐन संशोधनबारे भइरहेको छलफललाई पनि अगाडि बढाउने सहमति भएको छ । लामो समयपछि विपक्षी नेता देउवा र ओलीबीच भेटवार्ता र छलफल भएको छ ।