कांग्रेसले नियुक्त गर्‍यो यी पूर्व राज्यमन्त्रीलाई संसदीय दलको उपनेता

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ ८, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको उपनेता नियुक्त गरेको छ ।

नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलको उपनेताको जिम्मेवारी वीरेन्द्रकुमार कनौडीयाले पाएका छन् ।

कपिलवस्तुको क्षेत्र नम्बरको ३ को (२) बाट निर्वाचित प्रदेशसभा सदस्य कनौडियालाई कांग्रेस प्रदेश संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले संसदीय दलको उप नेतामा मनोनयन गरेका हुन् ।

केही समयदेखि अस्वस्थ्य रहेका नेता पोखरेलले प्रदेश सभामा पार्टीको भूमिका सक्रिय बनाउन पार्टीको प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा (६) बमोजिम कनौडीयालाई उपनेतामा मनोनयन गरेको पत्रमा उल्लेख गरेका छन् ।

कनौडिया यसअघि २०५६ प्रतिनिधि सभाको सदस्य थिए । त्यतिबेला राज्यमन्त्री भएका थिए ।