बर्दघाट उधोग वाणीज्य सघंको निर्वाचन: व्यवसायीहरु भन्छन् मिठु प्यानल बलियो !

पुर्वाग्रह प्रकाशित : बुधबार, जेष्ठ ८, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- बर्दघाट उधोग वाणीज्य सघंको दोस्रो अधिवेशनको सरगर्मीले यतिबेला सम्रग बर्दघाटको व्यवसायीक माहोल तातीरहेको छ ।

यस क्षेत्रका सामान्य ब्यवसायी देखी ठुला उधोगी सम्मको ध्यान यतिबेला उनिहरुको हकहितको नेतृत्व कसले गर्ला भन्ने विषयमा केन्द्रीत भईरहेको छ । व्यवसायीको हकहितका निम्ती भन्दै मुख्यतया व्यवसायीक नेतृत्व दुईवटा धुव्रमा धुविकृत भएको छ ।

निजी क्षेत्रका उधोगी व्यसायीहरुको संस्था बर्दघाट उधोग वाणीज्य सघंको निर्वाचन यहि जेष्ठ १८ गते घोषणा गरिएको छ । स्थानिय चुनावको झझल्को दिने गरि ब्यवसायीक नेतृत्वहरु व्यवसायीको पसल व्यवसायमा पुग्दै आफ्ना योजनाहरु राख्दै मत मागीरहेका छन ।

मुख्यतया सत्तारुढ दल नेकपाको एउटा प्यानल र नेपाली काङग्रेस सहित साना दलहरुको सयुक्त प्यानल यतिबेला निर्वाचनमा होमीएको छ । नेकपाको प्यानलबाट व्यवसायी लेखनाथ न्यौपानेको अध्यक्ष सहितको प्यानल छ भने सयुक्त प्यानलबाट यम बहादुर क्षेत्री (मिठु)सहितको प्यानल छ ।

बर्दघाटका व्यवसायीहरुको मतको अध्ययन गर्दा संस्थापक उपाध्यक्ष समेत रहेका यमबहादुर क्षेत्री(मिठु) सहितको प्यानलनै दोस्रो अधिवेशनबाट बर्दघाट उधोग वाणीज्य सघंको नेतृत्वमा आउने बलियो आधार रहेको कुरा यतिबेला प्रष्ट देखीएको छ ।

बर्दघाट नगरपालीकामा नगर ,प्रदेश देखी प्रतिनिधी सम्म सत्तारुढ नेतृत्वको नेकपाका प्रतिनिधीहरु विजयी भएका छन । यतिबेला नेकपाको सरकारबाट व्यवसायीहरुमा बढाईएको अवैज्ञानीक करले उधोग व्यवसाय जगत आक्रान्त बनेको छ ।

यसरी फेरी पनि नेकपा प्यानलनै नेतृत्वमा आएमा यसले केन्द्रीय सरकार देखी स्थानिय सरकार सम्मका अब्यवस्थीत एव्म अवैज्ञानीक नितिहरुको विरोध गर्न नसक्ने हुनाले प्रतिपक्षीय भुमिकाका लागी पनि व्यवसायीहरुको रुचिमा सयुक्त प्यानलका उमेदवारहरु परेको देखीन्छ ।

बर्दघाट क्षेत्रका केही निजी क्षेत्रका उधोगी व्यवसायीहरुमा अध्ययन गर्दा उनिहरुको व्यवसायको हकहितका लागी अनुभवी एबम प्रष्ट रुपमा नितिहरुको वकालत गर्न सक्ने यमबहादुर क्षेत्री(मिठु) प्यानलनै नेतृत्वमा आउन पर्ने कुरामा जोड रहेको छ ।

यमबहादुर क्षेत्री (मिठु) विभिन्न सामाजीक संस्थाहरुको अनुभव, कार्य सम्पादन गर्न सक्ने दक्षताको हिसाबमा पनि उतकृष्ट तथा इमान्दार व्यवसायीको रुपमा परिचित रहेका छन ।

बर्दघाट उधोग वाणीज्य सघंको स्थापनाको बेलामा संस्थापक उपाध्यक्षको भुमिकामा संस्थालाई यस क्षेत्रमा स्थापीत गर्नका निम्ती मिठुले खेलेको भुमिका यस क्षेत्रका व्यवसायीहरु लाई प्रष्ट रुपमा ज्ञात रहेको छ ।

संस्था स्थापना पश्चात पहिलो अधिवेशनमा समेत यम बहादुर क्षेत्री (मिठु) नै नेतृत्वमा आउनु पर्ने कुरा व्यवसायीहरुको माग रहेको थियो तर त्यो समयमा संस्थाको उत्थान र निष्पक्ष हिसाबले संस्थाकै हितका निम्ती आफु पछाडी हटेर साथीहरुलाई नेतृत्व सुम्पेको हुनाले पनि सर्वसम्मत रुपमा यम बहादुर क्षेत्री (मिठु) अबको नेतृत्वमा हुनुपर्ने कुरामा केही व्यवसायीहरुको जोड रहेको छ ।

यम बहादुर क्षेत्री (मिठु)को प्यानलमा सबै पदमा अनुभवी तथा सफल ब्यवासयीहरु रहेका छन् जसबाट ब्यवसायीहरुको हकहितका निम्ती कुनै पनि किसिमको कसर बाकी नरहने कुरामा आवद्ध व्यवसायीहरु निश्चिन्त रहेका छन ।

हरेक सघं संस्थाहरुमा चर्को राजनितिकरण भईरहेको बेलामा अनुभवी तथा योग्य अन्य सानादलमा आस्थावान व्यवसायीहरुलाई समेत समेटेर निर्वाचनमा होमीएकम मिठुमा कुनै राजनीतीक आग्रह पुर्वाग्रह नरहेको कुरा यसबाट समेत प्रष्ट हुन आउछ । साना दलमा आस्थावान व्यवसायीहरुको पनि राम्रो सर्मथन रहेको हुदा मिठु प्यानल बलियो देखीएको छ ।