गृहजिल्लामै कम्युनिस्ट मुख्यमन्त्रीलाई कालोझण्डा, प्रतिकारमा उत्रियो प्रहरी

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ ८, २०७६

http://www.nepatop.com.np/

डडेल्धुरा- सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई गृहजिल्लामै कालो झन्डा देखाउने प्रयास भएको छ।

डोटी बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति गणेश बहादुर खड्काले मुख्यमन्त्रीलाई कालो झन्डा देखाउने प्रयास गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको जानकारी दिएका छन्। क्याम्पस हातामा नै उनलाई प्रहरीले बल प्रयोग गरी बाहिर निकालेको हो।

क्याम्पसको वार्षिकोत्सव समारोहमा मुख्य अतिथिसमेत रहेका मुख्यमन्त्री भट्टलाई कालो झन्डा देखाउन खोज्दा उनलाई बल प्रयोग गरी हाताबाहिर निकालिएको प्रहरीले जनाएको छ।

क्याम्पसको हाताबाट बल प्रयोग गरी प्रहरीले खडकालाई निष्काशन गरिएपछि नेविसंघ सर्मथक विद्यार्थीहरुले विरोध गरेका छन्।