जुम्लाका चर्चित कलाकार सागर नेपाली कांग्रेसमा प्रबेश

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ ५, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- चर्चित गायक सागर नेपाली आज नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलको हातबाट अबिर लगायर नेपाली काग्रेस प्रबेश गरेका छन् ।

माया गरौंला, हाम्रो घरको भाले, म जलेको खरानी, तालाचाबी, धोखेबाज बाट धोका पाको छु लगायतका लोकप्रिय गीत गायका गायक नेपाली कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै गायक क्षेत्रमा लागेका मध्य लोकप्रिय गायका रुपमा स्थापित छन् ।

जुम्ला कांग्रेसका नेता दान बहादुर बुडा, धन बहादुर बुडा लगायतका नेताको समन्वयमा नेपाली काग्रेस प्रबेश गरेका हुन्। पार्टी प्रेबश पछि आफ्नो पेसाको साथ-साथमा लोकतन्त्रलाई बलियो बनाउने गायक नेपालीले प्रतिक्रिया दिएका छन्  ।

कांग्रेस नेता पौडेलले नेपालीलाई पार्टी प्रबेश गराउदै साधक र श्रस्ठाहरुले लोकतान्त्रिक अभियानलाई मजबुत बनाउन साथ् दिन अनुरोध गरेका छन्  ।