जहाँ केपी ओली, त्यहाँ बन्द ! भोलि बन्द आह्वान

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ ५, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – पार्टीमाथि प्रतिबन्ध लगाएपछि आक्रोशित बनेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली जहाँ गए त्यहाँ बन्द आह्वान गरिरहेको छ ।

शनिबार केपी ओली रुपन्देही गएको बेला रुपन्देहीमा बन्द गरेको विप्लव समूहले भोलि जेठ ६ गते सोमबार प्रधानमन्त्री ओली धादिङका विभिन्न कार्यक्रममा सहभागी हुने भएपछि धादिङमा बन्द आह्वान गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्धले विज्ञप्ति जारी गर्दै घोषणा गरेका हुन् । सेक्रेटरी बुद्धले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यसअघिको विज्ञप्ति अनुसार केपी ओली सहभागी हुने देशका विभिन्न भागका जिल्ला बन्दको आयोजना गर्ने कार्यक्रम अनुसार यही जेठ ६ गते धादिङको गल्छी बैरेनीमा केपी ओलि आउने जानकारी प्राप्त भएकोको बन्द गरिएको हो ।’

विज्ञप्तिमा बैरेनीमा केपी ओली लगायतका उपस्थित हुने कार्यक्रमको आयोजना गरिएको हुँदा धादिङ बन्द गरिएको र सो कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिल समेत गरिएको छ ।

विज्ञप्ति यस्तो छ :-