अहंकार र दम्भले ओली सरकार पूर्णरुपमा पतन भयो : कांग्रेस नेता राठौर

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ ४, २०७६

http://www.nepatop.com.np/

बर्दिया – नेपाली कांग्रेसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा पतनको हुने जिकिर गरेका छन् ।

नेता राठौरले सरकार दम्भ र अहंकारको बाटोमा अगाडि बढेका कारण पतन हुँदै गएको ठोकुवा समेत गरे । राठौरले पार्टीभित्र अनुशासन कायम गर्न नसके पार्टी चल्न नसक्ने भन्दै सबैलाई अनुशासित रहन अपिल गरेका छन् ।

कांग्रेसको अनुशासन समितिका सदस्य समेत रहेका नेता राठौरले कांग्रेसभित्र मञ्च पाउना साथ अर्काको आलोचना गर्ने परम्परा विकास हुँदै गएको भन्दै त्यो परम्पराले निरन्तरता पाइराखे पार्टीलाई ठूलो क्षति हुने पनि उनले जिकिर गरे ।

नेपाली कांग्रेस बर्दिया साविक क्षेत्र नम्बर ४ ले आयोजना गरेको जागरण अभियानमा बोल्दै नेता राठौरले सबैले आफू बलियो बन्नुभन्दा पार्टी बलियो बनाउनतिर लाग्न पनि सुझाव दिए ।