सरकारलाई दुईतिहाइको धम्की नदिन मोहन वैद्यको चेतावनी

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ३, २०७६

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले कम्युनिस्ट सरकार दुईतिहाइ मतको धम्की नदिन चेतावनी दिएका छन् । महासचिव वैद्यले जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाड्ने दाबी पनि गरे ।

सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गर्दै उनले सच्चा कम्युनिष्टहरु मुलुकको वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति सम्पन्न गर्ने बताए ।

उनले सत्तारुढ नेकपाप्रति संकेत गर्दै संशोधनवाद र अवसरवादमा फसेका कम्युनिष्टहरुले मुलुकलाई डुबाएको बताए । महासचिव वैद्यले सच्चा क्रान्तिकारीहरु एकजुट हुन जरुरी रहेकोमा जोड दिएका हुन् ।