जन्मदिनमा नेविसंघका नेताले गरे प्रशंसनीय काम

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) कैलालीका पूर्व अध्यक्ष कृष्णबहादुर कुँवरले आफ्नो जन्मदिनको अवसरमा प्रशंसनीय काम गरेका छन् ।

उनले धनगढीमा रहेको अपाङ्ग महिला छात्रावासलाई सहयोग गरेका छन् ।

कुँवरले बिहीबार परेको आफ्नो जन्मदिनको अवसरमा नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश सांसद डा. रणबहादुर रावलको उपस्थितिमा खाजा, फलफूल तथा सोडा साबुन सहयोग गरेका हुन् ।

विद्यार्थी नेता कुँवरले विभिन्न सामाजिक काम गर्दै आइरहेका छन् । कुँवर स्थानीय स्तरमा चर्चित युवा नेता समेत हुन् ।