मातृका यादवलाई तत्काल पदमुक्त गर्न कांग्रेसको माग

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई पदमुक्त गर्न कांग्रेसले माग गरेको छ ।

बुधबार मन्त्रालयमा पुगेका कर्मचारीमाथि मन्त्री यादवले हातपात गरेको आरोप लगाउँदै कांग्रेसले यस्ता मन्त्रीलाई पदमुक्त गर्नुपर्ने जनाएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनुशासन तोडेका मन्त्रीलाई पदमुक्त गर्न विलम्ब गर्न नहुने प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । बुधबार मन्त्रालयमा मन्त्री र कर्मचारीबीच विवाद भएको घटना सार्वजनिक भएको थियो ।

प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘मन्त्री स्वयं आवेगमा आउनु र हातपातमा उत्रनु सरकारको मात्रै होइन, देशकै छविमा असर गर्ने विषय हो । गल्ती कर्मचारीले गरेका हुन् भने उचित कारवाही होस् ! अनुशासन मन्त्रीले तोडेका हुन् भने पदमुक्त गराउन दुईतिहाइका शक्तिशाली प्रधानमन्त्रीले विलम्ब र निरिहता प्रकट गर्नुहुन्न ।’