जनतालाई पैसाले खरिद गर्ने केपि ओलिको सपना हामी पूरा हुन दिन्नौ : शाह

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १, २०७६

काठमाडौं – नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले केपि ओलि नेतृत्वको सरकारले जनतालाई पैसाले खरिद गर्न खोजेको सपना देखेको भन्दै त्यो सपना आफुहरुले पूरा हुन नदिने बताएका छन्।

सरकारले बिप्लबलाई प्रतिबन्ध लगाएर युद्ध निम्त्याउन खोजेको भन्दै तत्काल बिप्लब सँग बार्ता गर्न शाहले सरकारलाई आग्रह पनि गरे। बुधबार ११ विद्यार्थी संगठनले राजधानीमा आयोजना गरेको विद्यार्थी एकता दिवस तथा बिरोध कार्यक्रममा बोल्दै पुर्व उपाध्यक्ष शाहले युद्ध नेपाली समाजले चाहेको छैन हामिले चाहेका छैनौ भन्दै सरकारलाई बिप्लबसँग वार्ताको बाताबरण बनाउन र बिप्लबका विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई लाई तत्काल रिहाई गर्न पनि माग गरे।

सरकारले अध्यक्ष ढकाललाई तत्काल रिहाई नगरे देशभर शैक्षिक हड्ताल गर्ने पनि चेतावनी दिए। कार्यक्रममा संघीय समाजवादी विद्यार्थी संगठनका अध्यक्ष महासचिव प्रकाश राई,अखिल क्रान्तिकारीका अध्यक्ष हरि कृष्ण गजुरेल,अखिल पाचौंका अध्यक्ष घनश्याम मिश्र, नयाँ विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, राजपा विद्यार्थीका संगठनका महासचिव रन्जित निश्पक्ष, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रबिन मिश्र, अखिल क्रान्तिकारीका सचिवालय सदस्य मिलन राईको उपस्थिति रहेको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।