ओली सरकारविरुद्ध ११ विद्यार्थी संगठन सडकमा ओर्लियो जनसागर

मिडिया डबली प्रकाशित : मङ्लबार, बैशाख १७, २०७६

http://www.nepatop.com.np/

काठमाडौं- नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रतिपक्षमा रहेका राजनीति दलहरु सम्बद्ध विद्यार्थी संगठनहरुले मंगलबार माइतीघरदेखि बानेश्‍वरसम्‍म नाराबाजी गर्दै प्रदर्शन गरेको हो।

विद्यार्थीहरुले विद्यालयदेखि विश्वविद्यालय तहसम्‍म भएका शुल्कवृद्धि रोक्‍नु पर्ने, देशमा भएका हत्‍या-हिंसा नियन्त्रण गर्नुपर्ने, कञ्‍चनपुरकी बालिका निर्मला पन्तको हत्‍यारालाई सार्वजनकि गरी दण्डसजाय लगायतको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्।