झुटको खेती गर्दै कम्युनिस्ट सरकार: बृद्धभत्ता नबढ्ने भएपछी जेष्ठ नागरिक निरास

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख १७, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ – प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष २०७५/०७६ को बजेटमा वृद्ध भत्ता नबढाएपछि चौतर्फी आलोचना भएको थियो ।
वृद्धवृद्धाहरू निराश हुनुका साथै नेकपा पार्टीलाई अर्थमन्त्री युवराज खतिवडाको चर्को विरोध भएको हो । तत्काल बृद्धभत्ता बढ्ने आश गरेका वृद्धवृद्धाहरूहरू निराश भएकाछन् ।

यसपालिको बजेटमा वृद्ध भत्ता बढ्ने आशा गरेर बसेका जेष्ठ नागरिकहरूलाई सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको भनाइबाट जेष्ठ नागरिकहरू निराश भएका हुन् ।

सरकारले जेष्ठ नागरिकहरूलाई वृद्धभत्ता बापत मासिक दुई हजार रुपियाँ उपलब्ध गराउँदै आइरहेको छ । प्रधानमन्त्री ओलीले आगामी बजेटमा वृद्धभत्ता बढाई बढीमा पाँच हजार पुर्याउने उद्घोष गरेका थिए । प्रधानमन्त्रीको उद्घोष सुनेर जेष्ठ नागरिकहरू हर्षित बनेका थिए ।

त्यसपछि लगत्तै प्रवक्त एवं मन्त्री बास्कोटाले छोराछोरी टन्न कमाएर बाहिर हिँड्ने बुबाआमालाई सरकारले वृद्धभत्ता दिएर पाल्ने थिति राख्न सकिँदैन र राखिँदैन भनेर बताएपछि वृद्धवृद्धाहरू निराश बनेको हो।

उता चुनावी घोषणापत्रमा नै वृद्ध भत्ता पाँच हजार पुर्याउने वाचा गरेको नेकपा र ओली सरकारलाई वृद्ध भत्ता घाँडो बनेको जानकारहरूले बताएका छन् ।

यतिबेला प्रधानमन्त्री ओलीको उद्घोषलाई सरकारका प्रवक्ताले वृद्धभत्ता नबढाउने संकेत गरेपछि भनाइ झुटो भन्दै फेरी विरोधका स्वरहरू निस्किन थालेका छन् ।
वृद्धवृद्धालाई झुक्याएर तिनीहरूको मन मात्र दुखाएको छैन् । ओली सरकारले आफ्नो विश्वास समेत घटाएको छ ।

त्यसो त वृद्ध भत्तालाई अनुत्पादकको संज्ञा दिएका मन्त्री बास्कोटाले काभ्रेमा सरकारी बजेटको ओइरो लगाएकाछन् । मत तान्नका लागि उनले यस्तो कदम चालेको हुनसक्ने बताइएको छ ।