कांग्रेसका यी मनकारी कोषाध्यक्ष, गरीब विद्यार्थीलाई गरिन दिल खोलेर सहयोग

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, बैशाख १६, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले शैक्षिक बितरण गरेकी छिन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ मा अवस्थित बाराही आधारभुत बिद्यालयका करिब ५८ बिद्यार्थीहरुका लागि उनले शैक्षिक सामाग्री बितरण गरेकी हुन् ।

पाण्डेले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका बिद्यार्थीहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको बाराही आधारभुत बिद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्यले जानकारी दिएका छन्।

पाठ्यपुस्तक बितरण कार्यक्रममा सम्बोधन गर्दै पाण्डेले राज्यले शिक्षालाई निशुल्क दिने भने पनि अहिले सम्म ब्यबाहारमा कार्यन्वयन हुन नसकेको बताइन। स्थानीय सरकारले शिक्षा,स्वास्थ्य जस्ता क्षेत्रमा लगानी बढाइ पढ्न पाउने अधिकारको सुनिश्चत गर्न समेत उनले जोड दिएकी थिइन्। बिपन्न बर्ग अध्यनरत बिद्यालयमा सहयोग गर्न पाउँदा आफुलाई खुसी लागेको जानकारी दिइन् ।

बाराहि आधारभुत बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मिम बहादुर गुरुडको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केनद्रिय सदस्य सरिता तिम्सिना पंगेनी, माछापुच्छ्रे गाउँपालिका वडा नं २ का सदस्य गणेश आचार्य, बिद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्य, शिक्षक मनु गुरुङ लगायतले सम्बोधन गरेका थिए।