पूर्व एमाले वडाअध्यक्ष २५ हजार घुससहित पक्राउ

मिडिया डबली प्रकाशित : सोमवार, बैशाख १६, २०७६

http://www.nepatop.com.np/

सप्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीबाट २५ हजार घुससहित एक जना पूर्व एमाले वडाअध्यक्षलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ का पूर्व एमाले वडाअध्यक्ष शिल्टु मियाँ रहेका छन् । सेवाग्राहीबाट २५ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मियाँलाई सोमबार बिहान पक्राउ गरेको हो । उनि पूर्व एमाले निकटका नेता हुन् ।

पक्राउ परेका वडाअध्यक्ष मियाँलाई आवश्यक अनुसन्धानपछि कारवाही गरिने आयोगले जानकारी दिएको छ ।