सरकार नै शैक्षिक क्षेत्र ध्वस्त गर्न थाल्यो : महर

मिडिया डबली प्रकाशित : सोमवार, बैशाख १६, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महरले वर्तमान सरकार कमरेडको पकडी लगाएर शैक्षिक क्षेत्र तहसनहस गर्न लागेको आरोप लगाएका छन् ।

पोखरा विश्वविद्यालयका ४२ आंगिक कलेजका तीन सय ९१ विद्यार्थीले परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेकोमा आइतबार उनीहरुमाथि दमन भएको छ । ती कलेजले ग्रेडिङसम्बन्धी मापदण्ड मिचेर भर्ना लिएका विद्यार्थीहरूको विश्वविद्यालयको रजिस्ट्रेसन नभएपछि उनीहरू परीक्षा दिनबाट वञ्चित बन्ने भएपछि आन्दोलनमा उत्रिएका थिए ।

नेता महरले पहिले मापदण्ड नै नपुगका विद्यार्थीहरुलाई भर्ना लिएर कमाउने तर अहिले परीक्षा दिनबाट बििञ्चत गराउने प्रवृति क्षेम्य नभएको बताए । यस्तो ज्याजतिका विरुद्ध सरकारले पनि कदम चाल्नुपर्नेमा चुप लागेर बसेकाले सरकारकै आडमा यस्ता गतिविधि भइरहेको नेता महरको आरोप छ ।

आफूले पाँच लाख रुपैयाँ तिरेर एक सेमेस्टर पढिसकेकाले परीक्षामा वञ्चित गर्न नमिल्ने आन्दोलनरत विद्यार्थीहरुको भनाइ छ । ‘‘सम्बन्धन प्राप्त कलेजहरूले नियमविपरीत धमाधम भर्ना लिएर विद्यार्थी पढाइरहँदा विश्वविद्यालयले किन कारबाही नगरेको रु’ नेता महरले पश्न गरे, ‘परीक्षाको समयमा आएर विद्यार्थीको यसरी विचल्ली गर्न मिल्दैन । यसमा विश्वविद्यालय समेत दोषी देखिन्छ ।’

सरकार नै शैक्षिक क्षेत्र ध्वस्त पार्ने खेलमा लागेको बताउँदै नेता महरले सरकारले सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय हुँदै पोखरा विश्वविद्यालयलाई पनि निसाना बनाउन खोजेको आरोप लगाए ।

संवादको माध्यमबाट समस्याको समाधान खोज्नुको साटो अभिकारमाग्दा विद्यार्थीमाथि आक्रमण हुनु निन्दनीय भएको र यसमा विश्वविद्यालयसमेत दोषी रहेको महरले बताए । अधिकार प्राप्तिको आन्दोलनका क्रममा घाइते भएका विद्यार्थी मुकेश मेहना, सगुन भण्डारीलगाएतको स्वास्थ्य लाभको कामनासमेत नेता महरले गरेका छन् ।