ओली–प्रचण्डको हैकमविरुद्ध नेकपामा राजीनामा

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, बैशाख ११, २०७६

रुपन्देही – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला सचिवले पदबाट राजीनामा दिएका छन् ।

ओली प्रचण्डको हैकम भएपछी पार्टी एकता प्रकृयामा असन्तुष्ट जनाउँदै सचिव दधिराम न्यौपानेले मंगलवार पदबाट राजीनामा दिएका हुन् ।

न्यौपानेले मंगलबार प्रदेश ५ इन्चार्ज शंकर पोखरेललाई भेटेरै राजीनामा बुझाएका छन् भने पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत राजीनामा पत्र पढाएको स्रोतले जनाएको छ ।

न्यौपानेले आफू प्रदेश सभा अन्तर्गतको संसदीय समिति उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पनि छन् । न्यौपाने पुर्व माओवादी केन्द्रको पोलिब्युरो सदस्य थिए ।

न्यौपानेले आफ्नो ठाउंमा यसअघि कार्यदलले सचिवमा सिफारिस गरेका पुर्व माओवादी केन्द्रका निर्मल जीसीलाई सचिव पदको जिम्मेवारी दिन आग्रह गरेका छन् ।

सोमवार नेकपा पार्टी एकता अन्तर्गत घोषणा भएका जिल्ला कमिटीको नेतृत्वमा प्रदेशसभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य न्यौपाने सचिवमा मनोनित भएका थिए ।