बुटवलमा ओलीलाई देखाइयो कालो झण्डा

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, बैशाख ७, २०७६

काठमाडौँ- प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई शनिवार बुटवलमा कालोझण्डा देखाइएको छ। जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर नै कालोझण्डा देखाएका हुन् ।

भिडमा उनले एक्कासी प्रवेश गरी अर्घाखाँचीका रुद्र घिमिरे ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थल प्रवेश गरेका थिए।

प्रतक्ष्यदर्शी भन्छन् उनले कार्यक्रमस्थलमा कालोझण्डा देखाएपनि कसैले केही गरेनन् । शुरूमा त प्रहरीले पनि उनलाई समातेन । प्रधानमन्त्रीले नै सम्बोधन रोकेर कालोझण्डा देखाइराखेको छ, के हरेर बस्या छ सुरक्षा निकाय ? भनेपछि मात्रै प्रहरीले उनलाई समातेको जानकारी दियो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले उनलाई प्रहरीले नियन्त्रणमा राखेको जानकारी दिएका छन् ।