कांग्रेसले खटायो जिल्ला–जिल्लामा कमाण्डर, कुन जिल्लाको कमाण्ड कसलाई ? (सूचीसहित)

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, बैशाख ६, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेपाली कांग्रेसले सञ्चालन गर्ने राष्ट्रिय जागरण अभियानका लागि जिल्ला–जिल्लामा कमाण्डर खटाएको छ ।

बैशाख ११ गतेदेखि नेपाली कांग्रेसले शुरू गर्न लागेको राष्ट्रिय जागरण अभियानका लागि कांग्रेसले नेताहरू खटाएको हो ।

जागरण अभियानको पहिलो चरण बैशाख ११ गतेदेखि जेठ ११ गतेसम्म ७७ वटै जिल्लामा हुने र केन्द्रीय नेताहरू प्रत्येक जिल्लामा एक महिनासम्म बस्ने छन् ।

बीपी जयन्तीको अवसर पारेर शुरू हुने दोस्रो चरणको अभियान भने १५ दिनसम्म चल्नेछ । तेस्रो चरणको अभियान १० दिनसम्म ७५३ वटै स्थानीय निकायमा हुने र १० दिनसम्म केन्द्रीय नेताहरू बस्ने जनाइएको छ ।

कुन जिल्लामा को ?