कांग्रेस नेता खतिवडा पुगे बिरामी भेट्न अस्पताल, सहयोग गरे उपचार खर्च

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ३, २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडा काठमाडौंको भ्याली हस्पिटलमा उपचाररत बिरामी भेट्न अस्पताल पुगेका छन् ।

ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–३ उँबुपखेरा स्थायी घर भएका प्रभात राई (भ्रान्टे) वैदेशिक रोजगारीका क्रममा यूएईमा कार्यरत रहँदा बिरामी भएर काठमाडौंको भ्याली हस्पिटलमा उपचार गराइरहेका छन् ।

आफूलाई भेट्न पूर्वसांसद रामहरी खतिवडा अस्पतालमै पुग्दा खुशी लागेको बिरामी राईले बताए । खतिवडाले डाक्टरसँग बिरामी राईको अवस्था बुझ्दा पहिलेको तुलानामा क्रमिक सुधार भएको जनाएका छन् ।

खतिवडाले व्यक्तिगत रुपमा केही आर्थिक सहयोग गर्दै अरुलाई पनि सहयोग गर्न अनुरोध गरेका छन् । खतिवडाले विदेशमा रहेको कम्पनी र नेपालको कम्पनीसँग समन्वय गरेर उपचारको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता जनाउँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।

विगत ८ वर्षदेखि यूएईमा कार्यरत रहँदा २०१८ मा उच्च रक्तचापको कारणले बेहोस भई मस्तिष्कघात तथा पक्षघात हुन पुगी उनी दुबईस्थित अस्पतालमा भर्ना भएका थिए । त्यहाँबाट उपचारको लागि नेपाल पठाएको थियो ।