सीके राउतविरुद्ध कांग्रेसले ल्यायो डरलाग्दो प्रस्ताव, अस्पतालमा रहेका ओली समेत तर्सिए

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, कार्तिक १४, २०७५

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्ने प्रस्ताव अघि सारेको छ। यो प्रस्तावले राष्ट्रवादी भनिएको केपी शर्मा ओली नेतृत्वको सरकार पनि चकित परेको छ। उपचाररत प्रधानमन्त्री ओली पनि यो प्रस्ताव ल्याउन सकिरहेका थिएनन। तर कांग्रेसले अघि सारेर उनलाई समेत सरपराइज्ड गरेको छ। यो प्रस्तावले विखण्डनकारी गतिविधि गरिरहेका सीके राउतको समेत सातो गएको छ।

कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रको हितमा आँच आउने खालका काम गर्नेहरुको नागरिकता खारेज गर्नुपर्ने बताए। भण्डारीले भने, “संसारमा यति अराजक र भ्रष्ट कहीँपनि छैन । स्वर्गलाई नर्क बनाउन खोजिएको छ ।”

नेपालमा कुनै पनि नेतामा इच्छाशक्ति नभएकाले परिवर्तन हुननसकेको भण्डारीको तर्क थियो । “नेतामा लगाब भएन । राष्ट्रवादी नेता कोही पनि छैनन् । सफल हुनका लागि ईच्छाशक्ति र मिहिनेत हुनुपर्छ ।” भण्डारीले भने ।

नेपालका युवा नेताहरुले पनि हाइ काढ्ने काममात्रै गरेको भन्दै भण्डारीले आलोचना गरे । युवा नेताहरुले बूढा नेताहरुको लगौँटी समातेर राजनीति गर्ने गरेको भण्डारीको जिकिर थियो ।