गगन थापाको बद्नाम गर्न खोज्ने केशव स्थापितको यौन काण्ड बाहिरियो, जेल जानसक्ने

मिडिया डबली प्रकाशित : मङ्लबार, कार्तिक ६, २०७५

काठमाडौं – सरकारमै रहेका बेला राज्यकोषको दोहन गरिरहेका कम्युनिस्ट मन्त्रीहरूका विगतका कर्तुत समेत सार्वजनिक हुन थालेका छन् ।

प्रदेश नम्बर ३ मा मन्त्री रहेका केशव स्थापितको पुरानो यौन हिंसा काण्ड सार्वजनिक भएको छ । पीडित महिलाले सामाजिक सञ्जालमा ‘मि टू अभियान’ अन्तर्गत स्टेटस लेख्दै यौन हिंसा काण्डको पर्दाफास गरेकी छन् ।

अक्टोबर १७ मा यौन उत्पीडनको आरोप लागेका भारतका विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा समेत दिए । बलिउडमा तहल्का मच्चाएको मि टुको समर्थनमा केही साताअघि नेपाली महिला पत्रकारले पनि आफूविरुद्ध भएको यौन हिंसाबारे बोले ।

विश्वभरी फैलिदै गएको मि टु मुभमेन्टले नेपाली राजनीतिक क्षेत्रमा पनि प्रवेश पाएको छ । मि टु मुभमेन्टमा सहभागी हुँदै पत्रकार रश्मिला प्रजापतीले काठमाडौं महानगरपलिकाका पूर्वमेयरले आफूलाई यौन दुव्र्यवहार गरेको कुरा सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् । १५ वर्षअघि भएको दुव्र्यवहारबारे उनले यसअघि पनि विभिन्न मिडियालाई बताएको उल्लेख गरेकी छिन् ।

तर, मुभमेन्ट अन्तर्गत भने उनले सामाजिक सञ्जालमा उक्त घटनाबारे पहिलो पटक लेखेकी हुन् । मेयरको यौन प्रस्ताव अस्विकार गर्दा जागिर समेत गुमाउनुपरेको अनुभव उनले फेसबुकमा शेयर गरेकी छिन् ।

उनलाई प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री एवं काठमाडौं महानगरपालिका पूर्वमेयर केशव स्थापितले ह्यारेस गरेकोबारे लेखिन् । केशवले अहिले पनि अन्य पत्रकारलाई पनि ह्यारेस गरेको कुरा उनले दावी गरेकी छिन् । मन्त्रीबाटै भएको दुव्र्यवहार सार्वजनिक भएपछि उनको आलोचना हुन थालेको छ ।

उनले लेखेकी छिन्, ‘१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरू ह्यारेस भएको कुरा मैले पढेकी छु । उनी अझै महिलाहरुलाई ह्यारेस गरिरहेका छन् । मलाई थाह छ, दर्जनभन्दा बढी महिलाहरूलाई उनले ह्यारेस गरेका छन् कति त मेरो फेसबुकको लिस्टमा पनि छन् । हामी बोल्न नसक्ने होइनौं । हामी हाम्रो आवाज उठाउन सक्छौं । हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो ।’

यसअघि यो मुभमेन्टमा सहभागी हुँदै पूर्वसञ्चारकर्मी मीना कैनी, फिल्मकर्मी एवम् डकुमेन्ट्री मेकर सुविना श्रेष्ठ, बिम्मी कालिन्दा शर्माले सेक्सुअल ह्यारेसमेन्टका विषयमा बोलेकी थिइन् । बलिउड इन्डस्ट्रीमा यो मुभमेन्टले सेक्सुअल ह्यारेसमेन्ट गर्नेको असली रुप देखाएको छ ।

यौन दुव्र्यवहार काण्डमा मुछिएपछि मन्त्री स्थापितको पद नै खतरामा पर्न सक्ने देखिएको छ । यौन हिंसाजस्तो संवेदनशील विषयमा मुछिएपछि छानबिनका लागि मार्गप्रशस्त गर्न पदबाटै छाड्नुपर्ने र पार्टीले पनि आवश्यक कारवाही गर्नुपर्ने माग उठ्न थालेको छ ।

निर्वाचनका बेला नेपाली कांग्रेस युवा नेता एवम् काठमाडौं क्षेत्र नं। ४ बाट उम्मेदवार बनेका गगन थापाको मानमर्दन हुने गरेर जथाभावी आक्षेपहरू लगाएका थिए । थापालाई स्थापितले बाख्रापालन गरेर भ्रष्टाचार गरेको भनेर आरोप पनि लगाए । तर, कृषि मन्त्रालयले स्थापितले लगाएको आरोपको खण्डन गरिदिएको थियो ।

कांग्रेसका नेताहरूको मानमर्दन गर्दै आएका स्थापित अहिले आएर आफै यौन हिंसाको अभियोगमा आफै फसकेका छन् । उनलाई बचाउन पूर्वएमालेको नेतृत्व भित्रभित्रै सक्रिय भएर लागेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यो स्थापितलाई लागेको यौन हिंसाको बारेमा मौनता साँधेर बसेका छन् । सामाजिक सञ्जालमा पूर्वएमालेहरूको जमेर आलोचना भइरहेको छ ।